मोदीको मुस्ताङ भ्रमणपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय प्रर्यटक बढे
असोज १० देखि नवदुर्गा महोत्सव
पाेखरा | भदौ ३१, २०७९
पोखरा : पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटक बढेका छन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ भ्रमण गरेपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको बताएका हुन् ।
पोखरामा शुक्रबार विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष सुवेदीले सो दावी गरेका हुन् ।
‘सोह्र श्राद्ध सुरु भएपछि नेपाली पर्यटकहरु घटेका छन्, उनले भने, ‘अहिले दैनिक संकलन भएको भेटी (भारतीय पैसा) ले नै विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटकको संख्या वृद्धि भएको जनाउँछ ।’
यसैगरि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले कोरोना महामारीको समय अगाडी मासिक १ करोड (पैसा) भेटी संकलन हुने गरेको उल्लेख गरेको बताउदै पछिल्लो समय महामारीले प्रभाव पारेको बताए ।
‘मन्दिरको मुख्य स्रोत नै भेटी संकलन हो, उनले भने, ‘कोरोना अगाडी दैनिक एकलाख देखि देढ लाख भेटी संकलन हुुन्थ्यो तर अहिले दैनिक ५०/६० हजारमा झरेको छ ।’
भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको अधिकारीले बताए । उनका अनुसार मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन । मन्दिर व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा मासिक १४ लाख खर्च हुदै आएको छ ।
असोज १० देखि नवदुर्गा महोत्सव
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म नवदुर्गा महोत्सव आयोजना गर्न लागिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।
उनका अनुसार महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने छ । भने युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नेछन् । सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुनेछ ।
पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ ।
महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ ।
विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खल्ुला गरिने समितिले जनाएको छ ।
धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको सचिव श्रेष्ठले जानकारी दिएका थिए ।
स्थायी प्रहरी पोस्टको माग
समितिले मन्दिरको सुरक्षाका लागि विन्ध्यवासिनी स्थायी प्रहरी पोस्टको लागि माग गरेको छ । मन्दिरमा अस्थायी प्रहरी पोस्ट सञ्चालन हुँदा उनीहरुलाई कहिले मापसे कहिले कुन क्षेत्रमा खटाउँदा मन्दिरको सुरक्षामा प्रश्न उठेको भन्दै स्थायी प्रहरी पोस्ट स्थापना गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालमा माग गरेको हो ।
मन्दिरको सुरक्षाका लागि विभिन्न क्षेत्रमा अहिले १६ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले अब मन्दिरमा आउँदा पर्यटकहरुले मिनिरल वाटर पानी बोकेर आउन नपर्ने दावी गरेको छ ।
समितिले बोतल र जारको पानी प्रयोग नगर्ने गरी पानी शद्धीकरण गरेर धाराको पानी नै पर्यटकले प्रयोग गर्ने योजना केही दिनमा सञ्चालन हुन लागेको धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

